Month: November 2013

माया

Posted on

भावना त धेरै छ मनमा तर उजागर गर्न सकिन्न
माया नभाको त हैन तर देखाईहाल्न सकिन्न
कोहि नभाको माया नि सहजै जताउछन
तर कोहि साँचो माया नि देखाउन नसकी लुकाउछन
यस्तै रहेछ यहाँको चलन
साँचो माया गर्ने भन्दा नि झुठो माया देखाउने लाइ नै सबले मनपराउछन

Advertisements

तिहार

Posted on

उता नेपालाँ झिलिमिली बत्तीहरु बल्न थाले होलान
देउसी र भैलोका गीतहरु गुञ्जिन थाले होलान
सबैजना आफ्नो परिवार र साथीभाईहरुसंग रमाउन थाले होलान
तास र जुवाका खालहरु जम्न थाले होलान
के नभए के नपुगे जस्तो भैराछ जिन्दगि
बल्ल पो थाहा पाए मेरो त केवल शरीर मात्र यहाँ आइपुगेछ
मन भने उतै कतै पो छुटेछ